मोटोरोला एज ७० फ्युजन नेपाली बजारमा सार्वजनिक भएको छ। चौधरी ग्रुपसँगको सहकार्यमा मोटोरोला कम्पनीले ललितपुरस्थित लबिम मलको क्यूएफएक्स सिनेमाजमा विशेष कार्यक्रम आयोजना गर्दै नयाँ स्मार्टफोन सार्वजनिक गरेको हो।
मोटोरोला कन्ट्री हेड हरि ओम मिश्र र चौधरी ग्रुपका भाइस प्रेसिडेन्ट एससी साबुले संयुक्त रूपमा स्मार्टफोन सार्वजनिक गरेका थिए। कार्यक्रममा नेपाली चलचित्र ‘मास्टर्नी’का कलाकार तथा निर्माण टिमसँगै अभिनेत्री प्रियंका कार्कीको समेत उपस्थिति थियो। मोटोरोला र चौधरी ग्रुपले ‘मास्टर्नी’सँग सहकार्य गर्दै स्मार्टफोन सार्वजनिक गर्नुका साथै चलचित्रको विशेष प्रदर्शनसमेत आयोजना गरेका थिए। प्रविधि र मनोरञ्जनलाई एउटै मञ्चमा जोड्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको कम्पनीले जनाएको छ। कार्यक्रममा देशभरका डिलर, रिटेलर, इन्फ्लुएन्सर तथा विभिन्न क्षेत्रका अतिथिहरूको सहभागिता रहेको थियो।Motorola Edge 70 Fusion मा ५० मेगापिक्सेलको Sony-LYT 710 क्यामेरा, Moto AI, ७,००० एमएएच ब्याट्री, ६८W TurboPower™ चार्जिङ तथा १४४Hz रिफ्रेस रेटसहितको १.५K क्वाड-कर्भ्ड डिस्प्ले रहेको कम्पनीले जनाएको छ। डिस्प्लेमा ५,२०० निट्ससम्मको ब्राइटनेस तथा फोनमा प्रिमियम फेब्रिक फिनिस र PANTONE™ द्वारा छनोट गरिएका विभिन्न आकर्षक रङ उपलब्ध हुने बताइएको छ।स्मार्टफोन आगामी २९ अगस्ट २०२६ देखि नेपालभर उपलब्ध हुनेछ। यसको सुरुआती मूल्य ६९ हजार ९९९ रुपैयाँ तोकिएको छ। कम्पनीका अनुसार उक्त मूल्यमा उपलब्ध फिचरका कारण Motorola Edge 70 Fusion नेपाली बजारमा आफ्नो श्रेणीको प्रतिस्पर्धी स्मार्टफोनका रूपमा स्थापित हुन सक्ने अपेक्षा गरिएको छ।मोटोरोला नेपालमा चौधरी ग्रुपको वितरण सञ्जालमार्फत बिक्री हुँदै आएको छ। कम्पनीले बिक्रीसँगै देशभर व्यापक वितरण सञ्जाल तथा सेवा केन्द्रको सुविधा उपलब्ध गराउँदै आएको जनाएको छ।
‘मास्टर्नी’सँगको सहकार्यमा आयोजित सार्वजनिक कार्यक्रमले स्मार्टफोन लन्चलाई चलचित्र र मनोरञ्जनसँग जोडेको छ। प्रविधि र मनोरञ्जनलाई एउटै मञ्चमा प्रस्तुत गरिएको यो कार्यक्रमले नेपालमा स्मार्टफोन सार्वजनिक गर्ने परम्परागत शैलीभन्दा फरक अनुभव प्रदान गरेको कम्पनीको भनाइ छ।

Online Arthik










