प्रधानमन्त्री वालेन्द्र शाह बाढीबाट प्रभावित क्षेत्रको स्थलगत निरीक्षणका लागि बिहीबार बिहान त्यसतर्फ प्रस्थान गरेका छन्। प्रधानमन्त्री शाह पूर्वाधार विकासमन्त्री सुनील लम्सालसहित सडकमार्ग हुँदै प्रभावित क्षेत्रतर्फ गएका हुन्।

स्थलगत निरीक्षणका क्रममा प्रधानमन्त्री शाहले बाढीबाट भएको क्षति, उद्धार तथा राहत कार्यको प्रगति र प्रभावित नागरिकको अवस्थाबारे जानकारी लिने बताइएको छ। भोटेकोशी तथा त्रिशूली नदीमा आएको भीषण बाढीका कारण विभिन्न जिल्लामा ठूलो जनधनको क्षति भएपछि प्रधानमन्त्रीसहितको टोली प्रभावित क्षेत्रमै पुग्न लागेको हो।

निरीक्षणका क्रममा प्रभावित क्षेत्रमा जारी उद्धार, राहत तथा पुनःस्थापनाका प्रयासबारे स्थलगत जानकारी लिने र आवश्यकताअनुसार थप प्रभावकारी बनाउन सम्बन्धित निकायलाई निर्देशन दिने तयारी गरिएको छ।

तपाईको प्रतिक्रिया