अमेरिकाले रसुवा बाढीबाट प्रभावित नागरिकका लागि ३६ लाख अमेरिकी डलरभन्दा बढीको मानवीय सहायता उपलब्ध गराउने घोषणा गरेको छ।
अमेरिकी विदेश मन्त्रालयले आइतबार सामाजिक सञ्जाल एक्समार्फत उक्त सहायता घोषणा गरेको हो। सहायता अन्तर्गत बाढीबाट प्रभावित १० हजार घरपरिवारलाई तीन महिनासम्म आपत्कालीन खाद्यान्न सहयोग उपलब्ध गराइने जनाइएको छ।
अमेरिकाले उक्त सहयोगमार्फत बाढी प्रभावित समुदायको तत्काल राहत तथा मानवीय आवश्यकतामा सहयोग पुग्ने विश्वास व्यक्त गरेको छ।

Online Arthik










