राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले रसुवा क्षेत्रमा भोटेकोशी नदीको बहाव बढेपछि नुवाकोट, धादिङ र चितवनका नदी तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह गरेको छ।

रसुवामा बिहानै बाढीको ठूलो आवाज सुनिएको त्यहाँका सहायक प्रमुख जिल्ला अधिकारी ध्रुवप्रसाद अधिकारीले बताएका छन्। नदीको बहाव बढेसँगै तटीय क्षेत्रमा जोखिम बढ्न सक्ने भएकाले स्थानीय बासिन्दालाई आवश्यक सावधानी अपनाउन आग्रह गरिएको हो।

तपाईको प्रतिक्रिया