आइतबार स्थानीय बजारमा सुनको मूल्यमा उच्च गिरावट आएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ३ लाख ९ हजार रुपैयाँ निर्धारण भएको छ। शुक्रबारको तुलनामा सुनको मूल्य प्रतितोला ९ हजार ५०० रुपैयाँले घटेको हो। गत शुक्रबार सुन प्रतितोला ३ लाख १८ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो।
यस्तै, आज १० ग्राम सुनको मूल्य २ लाख ६४ हजार ९२० रुपैयाँ कायम भएको छ। शुक्रबार १० ग्राम सुनको मूल्य २ लाख ७३ हजार ६० रुपैयाँ रहेको थियो।
यसैगरी, चाँदीको मूल्यमा पनि गिरावट आएको छ। आज चाँदी प्रतितोला ४ हजार ७८० रुपैयाँमा कारोबार भइरहेको छ। शुक्रबार प्रतितोला ४ हजार ९६५ रुपैयाँ रहेको चाँदीको मूल्य आज १८५ रुपैयाँले घटेको हो।

Online Arthik










