स्थानीय बजारमा आज सुनको मूल्य प्रतितोला ५०० रुपैयाँले घटेर ३ लाख ६ हजार १०० रुपैयाँ कायम भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो दिन सुन प्रतितोला ३ लाख ६ हजार ६०० रुपैयाँमा कारोबार भएको थियो।

त्यस्तै, आज १० ग्राम सुनको मूल्य २ लाख ६२ हजार ४३० रुपैयाँ कायम भएको छ। अघिल्लो दिन यसको मूल्य २ लाख ६२ हजार ८६० रुपैयाँ थियो।

चाँदीको मूल्य पनि आज प्रतितोला १५ रुपैयाँले घटेर ४ हजार ७६५ रुपैयाँ कायम भएको छ। अघिल्लो दिन चाँदी प्रतितोला ४ हजार ७८० रुपैयाँमा कारोबार भएको थियो।

तपाईको प्रतिक्रिया