आईसीएफसी फाइनान्स लिमिटेडले गत आर्थिक वर्ष २०८२/८३ को मुनाफाबाट सेयरधनीलाई १०.५२६३ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ।
भदौ १६ गते बसेको सञ्चालक समितिको ३७२औँ बैठकले हाल कायम चुक्ता पुँजीको १०.५२६३ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो। प्रस्तावित लाभांशमा कर प्रयोजनका लागि आवश्यक रकमसमेत समावेश छ। हाल कम्पनीको चुक्ता पुँजी १ अर्ब १८ करोड ३४ लाख ७० हजार ९६० रुपैयाँ रहेको छ। सोही आधारमा कम्पनीले कुल १२ करोड ४५ लाख ७५ हजार ७०३ रुपैयाँ ६६ पैसा नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो।
सञ्चालक समितिको प्रस्ताव नेपाल राष्ट्र बैंकबाट स्वीकृत भएपछि आगामी वार्षिक साधारणसभामा पेस गरिनेछ। साधारणसभाबाट अनुमोदन भएपछि मात्र सेयरधनीले लाभांश प्राप्त गर्नेछन्। कम्पनीले लाभांशसम्बन्धी निर्णय नेपाल स्टक एक्सचेन्जसहित सम्बन्धित निकायलाई जानकारी गराइसकेको छ।

Online Arthik










