फर्स्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले सेयरधनीलाई ११.०५२६ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।
संस्थाको असोज २७ गते मंगलबार बसेको सञ्चालक समितिको २५९औँ बैठकले आर्थिक वर्ष २०८२/८३ को वितरणयोग्य मुनाफाबाट उक्त लाभांश वितरण गर्ने निर्णय गरेको हो । प्रस्तावअनुसार संस्थाले आफ्नो कुल चुक्ता पुँजी १ अर्ब ३४ करोड ४८ लाख ७१ हजार ३२३ रुपैयाँको ११.०५२६ प्रतिशतका दरले नगद लाभांश वितरण गर्नेछ । यसअनुसार लाभांशमा लाग्ने करसहित कुल १४ करोड ८६ लाख ४३ हजार ६७३ रुपैयाँ सेयरधनीलाई वितरण गरिनेछ ।संस्थाले यसपटक बोनस सेयर नदिने निर्णय गरेको छ । प्रस्तावित नगद लाभांश वितरणका लागि नेपाल राष्ट्र बैंकको स्वीकृति लिनुपर्नेछ । राष्ट्र बैंकबाट स्वीकृति प्राप्त भएपछि उक्त प्रस्ताव आगामी वार्षिक साधारणसभामा पेस गरिने संस्थाले जनाएको छ ।
राष्ट्र बैंकको स्वीकृति र वार्षिक साधारणसभाबाट पारित भएपछि मात्रै सेयरधनीलाई प्रस्तावित नगद लाभांश वितरण गरिनेछ ।

Online Arthik










