विन्ध्यवासिनी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडले सेयरधनीलाई ५ प्रतिशत बोनस सेयर वितरण गर्ने प्रस्ताव गरेको छ । कम्पनीले बोनस सेयरमा लाग्ने कर प्रयोजनका लागि ०.२६३२ प्रतिशत नगद लाभांश दिने प्रस्तावसमेत गरेको छ ।
कम्पनीको असोज २६ गते बसेको सञ्चालक समितिको बैठकले लाभांश वितरण गर्ने प्रस्तावसहित दसौँ वार्षिक साधारण सभा आगामी कात्तिक १८ गते आयोजना गर्ने निर्णय गरेको हो । सभामा कम्पनीको हाल कायम चुक्ता पुँजीको १ः१ अनुपातमा हकप्रद सेयर जारी गर्ने प्रस्ताव पनि पेस गरिनेछ । उक्त प्रस्ताव पारित भएमा सेयरधनीले आफूसँग रहेको प्रत्येक एक कित्ता सेयर बराबर थप एक कित्ता हकप्रद सेयर खरिद गर्न पाउनेछन् ।त्यस्तै, कम्पनीले साधारण सेयरमा परिणत गर्न सकिने गरी ऋणपत्र जारी गर्ने र त्यसबाट प्राप्त रकम उपयोग गर्ने प्रस्ताव पनि साधारण सभामा लैजाने भएको छ ।कम्पनीले साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि कात्तिक १० गते एक दिन सेयरधनी दर्ता पुस्तिका बन्द गर्ने जनाएको छ । यसअनुसार कात्तिक ९ गतेसम्म कायम सेयरधनीले साधारण सभामा सहभागी हुन पाउनेछन् ।
सभामा कम्पनीको प्रबन्धपत्रको दफा ६ (क), (ख) र (ग) संशोधन गर्ने प्रस्तावसमेत पेस गरिनेछ । कम्पनीले साधारण सभासम्बन्धी विस्तृत विवरण पछि सार्वजनिक गर्ने जनाएको छ ।

Online Arthik










