रिडी पावर कम्पनी लिमिटेड कम्पनी सञ्चालक समितिको आज बिहान बसेको बैठकले वार्षिक साधारणसभा माघ २९ गते आयोजना गर्ने निर्णय गरेको हो।
सभाले आर्थिक वर्ष २०७८–७९का लागि प्रस्तावित कुल ४२.१० प्रतिशत लाभांश अनुमोदन गर्नेछ। जसमा ४० प्रतिशत बोनस सेयर र कर प्रयोजनार्थ २.१० प्रतिशत नगद लाभांश छन्।
वार्षिक साधारणसभाले उक्त आर्थिक वर्षको वार्षिक तथा लेखापरीक्षकको प्रतिवेदन पनि स्वीकृत गर्नेछ।
लाभांश र वार्षिक साधारणसभा प्रयोजनार्थ कम्पनीले माघ १८ गते बुक क्लोज गर्ने निर्णय गरेको छ। यसको अर्थ माघ १७ गतेसम्म कायम सेयरधनीहरुमात्रै यो कम्पनीको लाभांश पाउन र सभामा भाग लिन योग्य हुनेछन्।

Online Arthik










