नेपाल राष्ट्र बैंकले गत माघ २३ गते आशा लघुवित्त वित्तीय संस्था लिमिटेडले उक्त आर्थिक वर्षको नाफाबाट सेयरधनीहरुलाई हाल कायम चुक्तापुँजीको २० प्रतिशतले हुन आउने बोनस सेयर र कर प्रयोजनार्थ १.०५२६ प्रतिशत नगद लाभांश गरी कुल २१.०५२६ प्रतिशत लाभांश प्रस्ताव गरी स्वीकृतिका लागि राष्ट्र बैंकमा पेस गरेको थियो।
राष्ट्र बैंकले आशा लघुवित्तको लाभांश गर्दै चुक्तापुँजीको १४.२८५७ प्रतिशत बोनस सेयर र कर प्रयोजनार्थ ०.७१४३ प्रतिशत नगद लाभांश गरी कुल १५ प्रतिशत लाभांश वितरण गर्न स्वीकृति प्रदान गरेको हो।
राष्ट्र बैंकबाट स्वीकृत लाभांश आगामी वार्षिक साधारणसभाबाट अनुमोदन गरी वितरण गर्ने कम्पनीले जनाएको छ।

Online Arthik










