सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी सञ्चालक समितिको मंगलबार भएको बैठकले मिति चैत २९ गते पाचौं र छैटौं वार्षिक साधारण सभा राजधानीको याक एण्ड यति होटलमा हुने भएको छ।
सभामा आर्थिक वर्ष २०७७/७८ र आर्थिक वर्ष २०७८/७९ को वार्षिक प्रतिवेदन पारित गर्ने प्रस्ताव छ। २ आर्थिक वर्षको लेखा परीक्षण प्रतिवेदन, नाफा नोक्सान हिसाब, नगद प्रवाह विवरणमाथि छलफल गर्ने एजेण्डा छ।
सभाले वार्षिक लेखा परीक्षणका लागि लेखा परीक्षक केपीआर एशोसिएट, चाटर्ड एकाउन्टेन्टस् कृष्णप्रसाद रेग्मीलाई पुनः नियुक्त गर्ने र निजको पारिश्रमिक निर्धारण पनि गर्ने छ।
नियमनकारी निकायबाट कम्पनीका प्रस्तावित एजेण्डा संशोधन सम्बन्धमा सुझाव वा निर्देशन भएमा त्यसलाई समाविष्ट गर्नका लागि संचालक समितिलाई अख्तियारी दिने कम्पनीको विशेष प्रस्तावमा छ।

Online Arthik










