साना किसान विकास लघुवित्त संस्थाको सञ्चालक समितिले सनराइज क्यापिटललाई सेयर रजिस्ट्रारमा नियुक्त गरेको हो। योसँगै अब सनराइज क्यापिटलले साना किसान विकास लघुवित्तको सेयर रजिस्ट्रारसम्बन्धी सम्पूर्ण कार्य गर्नेछ।

साना किसान विकास लघुवित्त र आरएमडीसी लघुवित्तबीच मर्जर प्रक्रिया पूरा गरी गत असार २४ गतेबाट साना किसान विकास लघुवित्त वित्तीय संस्थाको नामबाट एकीकृत कारोबार सञ्चालन भइसकेको छ।

एकीकृत कारोबारपश्चात साना किसान विकास लघुवित्तको सेयर रजिस्ट्रारसम्बन्धी सम्पूर्ण कार्य गर्ने जिम्मा सनराइज क्यापिटललाई दिइएको हो।

 

तपाईको प्रतिक्रिया