नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले बोनस सेयरका लागि मूल्य समायोजन गर्दै समाज लघुवित्तको प्रतिकित्ता ६५.५६ रुपैयाँ कायम गरेको छ। यसअघिको अन्तिम कारोबार मूल्यअनुसार समाज लघुवित्तको प्रतिकित्ता ७४.९० रुपैयाँ कायम भएको थियो। अब समायोजित मूल्यअनुसार यो लघुवित्तको सेयर कारोबारमा आउनेछ।
लाभांश र वार्षिक साधारणसभा प्रयोजनका लागि संस्थाले यही साउन २१ गतेदेखि साउन ३१ गतेसम्म बुक क्लोज गर्ने निर्णय गरेको छ। यसको अर्थ हिजो साउन १८ गतेसम्म कायम सेयरधनीहरुमात्रै यो संस्थाको लाभांश पाउन र सभामा भाग लिन योग्य भएका छन्।
संस्थाले आफ्नो पाँचौँ वार्षिक साधारणसभा यही साउन ३१ गते आयोजना गर्दैछ। सभाले आर्थिक वर्षको २०७८–७९का लागि प्रस्तावित चुक्तापुँजी २ करोड रुपैयाँको कुल १५ प्रतिशत लाभांश अनुमोदन गर्नेछ। जसमा १४.२५ प्रतिशत बोनस सेयर र ०.७५ प्रतिशत नगद लाभांश छन्।
सभाले उक्त आर्थिक वर्ष वार्षिक तथा लेखापरीक्षकको प्रतिवेदन पनि अनुमोदन गर्नेछ।

Online Arthik










