खानीखोला हाइड्रोपावर कम्पनी सञ्चालक समितिको आज बसेको बैठकले चुक्तापुँजीको १ः१ अनुपातमा अर्थात १०० प्रतिशत हकप्रद सेयर ल्याउने निर्णय गरेको हो।
बैंकको ऋण भुक्तानी गर्नका लागि हकप्रद सेयर ल्याउने निर्णय गरिएको कम्पनी सचिव सन्तोष भट्टराईले जानकारी दिए।
विद्युत नियमन आयोगबाट सहमति लिई हकप्रद ल्याउने एजेन्ड स्वीकृतिका लागि आगामी साधारणसभामा पेस गर्ने निर्णय भएको पनि भट्टराईले बताए।

Online Arthik










