नेको इन्सुरेन्स लिमिटेड कम्पनी सञ्चालक समितिको शुक्रबार (भदौ २९ गते) बसेको बैठकले विशेष साधारणसभा आह्वान गरेको हो। सभा काठमाण्डौको नक्सालस्थित लिसारा रिसेप्सनमा बिहान ११ बजेबाट सुरु हुनेछ।
सभाले हाल कायम चुक्तापुँजीको २५ प्रतिशत हकप्रद सेयर जारी गर्ने विशेष प्रस्ताव अनुमोदन गर्नेछ। हकप्रद सेयरको हदसम्म जारी पुँजी र चुक्तापुँजी वृद्धि गर्ने विशेष प्रस्ताव पनि सभाले पारित गर्नेछ।
विशेष साधारणसभा प्रयोजनार्थ कम्पनीले असोज १० गते बुक क्लोज गर्ने निर्णय गरेको छ। यसको अर्थ असोज ९ गतेसम्म कायम सेयरधनीहरुमात्रै यो कम्पनीको विशेष साधारणसभा भाग लिन पाउनेछन्।

Online Arthik










