रिलायबल नेपाल लाइफ इन्स्योरेन्स लिमिटेडको माघ २९ गते कम्पनीको सातौं वार्षिक साधारण सभा सम्पन्न भएको छ ।
कम्पनीका अध्यक्ष उदय नेपाली श्रेष्ठको अध्यक्षतामा सम्पन्न भएको सभाले सञ्चालक समितिको चौथो वार्षिक प्रतिवेदनलाई पारित गरेको छ। तेस्तै आर्थिक वर्ष २०७९÷०८० को सहायक कम्पनी रिलायवल इन्भेष्टमेन्ट एण्ड मर्चेण्ट क्यापिटल लि. सहितको एकिकृत वित्तीय विवरणहरुलाई अनुमोदन गरेको छ। साथै अरुको आर्थिक वर्षलाई लेखापरीक्षकको नियुक्त गरेको छ।
यस बाहेक कम्पनीको साधारणसभाले कम्पनीले यस अघि घोषणा गरेको १६ प्रतिशत बोनस सेयर र ०.८४ प्रतिसत नगद लाभांसलाई पारित गरेको छ। साथै, सो अनुरुप पूँजी वृद्धि गर्ने र प्रबन्धपत्रका सम्वद्ध दफाहरु संशोधन गर्ने साधारण तथा विशेष प्रस्तावहरु पारित गरेको छ । यस बाहेक वार्षिक साधारण सभावाट कम्पनीमा पहिलो पटक सर्वसाधारण सेयरधनीहरुको तर्फवाट सञ्चालकहरु डा. भिष्म कार्की र दिवेश लोहनी निर्विरोध निर्वाचित भएका छन्।
कम्पनीले सर्वसाधारणमा प्रिमियममा शेयर जारी गरेको कम्पनीको कम्पनीको चुक्ता पुँजी रु. ४ अर्व ६४ करोड पुरा भएको छ ।
वार्षिक साधारण सभामा सेयरधनीहरुले राख्नु भएका जिज्ञासाहरु उपर कम्पनीका अध्यक्ष र प्रमुख कार्यकारी अधिकृतले जवाफ दिएका थिए।

Online Arthik










