नेपालको प्रसिद्ध चाउचाउ वाईवाई पनि आईपीओ निष्कासन गर्ने भएको छ । चौधरी ग्रुपका म्यानेजिङ डाईरेक्टर निर्वाण चौधरीले वाईवाईको आईपीओ निष्कासन गर्ने तयारी भईरहेको बताएका हुन् ।
उनले टुवीट गर्दै भनेका छन्, ‘नेपालमा आइपीओ जारी गर्नका लागि हामीले तयारी गरिरहेका छौं ।’
चौधरी ग्रुपले वाईवाई चाउचाउको आईपीओ निष्कासन गर्ने भएपछि नेपालका ठूला व्यापारिक घरानाहरु पनि दोस्रो बजारमा सूचीकृत हुने क्रम बढ्ने विश्वास यस क्षेत्रसँग सम्बन्धीत विज्ञहरुले विश्वास गरेका छन् ।

Online Arthik










