एभरेष्ट बैंकले गत फागुन १८ गतेदेखि २३ गतेसम्म जारी गरेको ३ अर्ब  रुपैयाँबराबरको ‘७.५० प्रतिशत एभरेष्ट बैंक डिबेञ्चर—२०९१’नामक ऋणपत्र बाँडफाँड भएको छ । बैंकले रितपूर्वक आवेदन दिएकाहरुलाई चैत १ गते ऋणपत्र बाँडफाँड गरेको हो । उक्त ऋणपत्र खरिदका लागि रितपूर्वक आवेदन दिने ५ हजार ६९७ जना आवेदकलाई ११ लाख ४० हजार कित्ता हकप्रद बाँडफाँड गरिएको बिक्री प्रबन्धक एलएस क्यापिटलले जनाएको छ ।

यस्तै व्यक्तिगत तवरबाट बिक्रीका लागि छुट्टाइएको १८ लाख कित्ता ऋणपत्र पनि बाँडफाँड गरिएको छ ।

कुल निष्कासनमध्ये ४० प्रतिशत अर्थात १ अर्ब २० करोडबराबरको १२ लाख युनिट सर्वसाधारणलाई र बाँकी ६० प्रतिशत १ अर्ब ८० करोड बराबरको १८ लाख युनिट व्यक्तिगत तबरबाट बिक्री गरिएको थियो । सार्वजनिक निष्कासनमध्ये ५ प्रतिशत अर्थात ६० हजार कित्ता सामूहिक लगानी कोषका लागि छुट्टाइएको थियो ।

१० वर्ष अवधिको उक्त ऋणपत्रमा वार्षिक ७.५ प्रतिशत दरले ब्याज भुक्तानी अर्धवार्षिक रुपले ६/६ महिनाको अवधिमा हुनेछ ।

 

तपाईको प्रतिक्रिया