नेरुडे मिर्मिरे लघुवित्त वित्तीय संस्था कम्पनीको सभा धुलिखेलमा रहेको होटल सारथिमा बिहान ११ बजेदेखि सुरु भएको छ ।
सभामा सञ्चालक समितिका तर्फबाट अध्यक्षले प्रस्तुत गर्ने आव २०८०÷८१ को वार्षिक प्रतिवेदनमाथि छलफल गरी पारित गर्ने, लेखापरीक्षकको प्रतिवेदनसहित २०८१ असार मसान्तसम्मको वासलात, नाफा नोक्सान हिसाब र सोही अवधिको नगद प्रवाह विवरणमाथि छलफल गरी पारित गरिनेछ ।
साधारण सभा प्रयोजनका लागि संस्थाले वैशाख २१ गते बुक क्लोज गरेको थियो । यसर्थ वैशाख २० गतेसम्म नेप्सेमा कारोबार भई कायम भएका सेयरधनीहरु मात्रै उक्त सभामा सहभागी हुनका लागि योग्य हुनेछन् ।

Online Arthik









