स्थानिय बजारमा आज सुनको मूल्य वृद्धि भएको छ । मंगलबारको तुलनामा आज सुनचाँदीको मूल्य बढेको छ। सुन तोलामा एक हजार ३०० र चाँदीमा १५ ले बढोत्तरी भएको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज एक तोल सुनको मोल एक लाख ९१ हजार ३०० कायम भएको छ भने एक तोला चाँदी दुई हजार १६५ मा कारोबार भइरहेको छ।

अन्तर्राष्ट्रिय बजारमा आज एक औँस सुन तीन हजार ३४१ अमेरिकी डलरमा कारोबार भइरहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्।

 

तपाईको प्रतिक्रिया