प्रभु इन्स्योरेन्स  कम्पनीको असार ८ गते बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षका लागि लाभांश घोषणा गरेको छ ।

कम्पनीले गत आर्थिक वर्ष २०८०/८१ को वितरणयोग्य  मुनाफाबाट हाल कायम रहेको चुक्तापूँजीको १८ प्रतिशत बोनस सेयर र ०.९४७७ प्रतिशत नगद(कर प्रयोजनका लागि) गरी कुल १८.९४७७ प्रतिशत लाभांश प्रदान गर्ने निर्णय गरेको छ ।

कम्पनीको सञ्चालक समितिको बैठकले उल्लेखित लाभांशसहित कम्पनीको आव २०८०/८१ को वित्तीय विवरण स्वीकृतीका लागि बीमा प्राधिकरणसमक्ष पेश गर्ने निर्णय गरेको छ । यो लाभांश बीमा प्राधिकरणबाट स्वीकृत भएपछि कम्पनीको आगामी साधारण सभाबाट पारित गरी सेयरधनीहरुलाई वितरण गरिनेछ ।

तपाईको प्रतिक्रिया