चीनका विदेशमन्त्री वाङ यीले भारत र चीनबीचको साझेदारी कुनै तेस्रो देशको विरुद्धमा नभएको बताएका छन् । उनले यसले अन्य कुनै देशलाई असर नपर्ने स्पष्ट पारेका छन्।

बिहीबार इस्लामावादमा पाकिस्तानी विदेशमन्त्री तथा उपप्रधानमन्त्री इशाक दारसँगको संयुक्त पत्रकार सम्मेलनमा बोल्दै वाङ यीले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारतमा लगाएको करको प्रभाव समयसँगै देखिने बताए । उनका अनुसार उक्त करले भारत–रुस मित्रतालाई अझ मजबुत बनाएको र चीनसँगको तनावलाई समेत केही हदसम्म कम गरेको छ।

वाङ यी हालै नयाँ दिल्ली पुगेर भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेट गरेका थिए। त्यसपछि उनी अफगानिस्तान हुँदै पाकिस्तान गएका हुन्।

तपाईको प्रतिक्रिया