प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा शुक्रबार बसेको लगानी बोर्डको बैठकले तल्लो अप्सुवा जलविद्युत परियोजना (५४ मेगावाट) का लागि रु. ८ अर्ब ८४ करोड बराबरको लगानी स्वीकृत गरेको छ।

बैठकले पश्चिम सेती जलविद्युत परियोजना (८०० मेगावाट) को परियोजना विकास सम्झौता र वित्तीय ढाँचा तयार पार्न वार्ता समिति गठन गर्ने निर्णयसमेत गरेको छ। साथै, पाँचखाल विशेष आर्थिक क्षेत्र र काठमाडौँ–हेटौँडा–वीरगञ्ज पोडवे परियोजना को विस्तृत सम्भाव्यता अध्ययन गर्न अनुमति प्रदान गरिएको छ।

त्यस्तै, माथिल्लो कर्णाली जलविद्युत परियोजना (९०० मेगावाट) को नयाँ प्रसारण लाइन रुटको सम्भाव्यता तथा वातावरणीय अध्ययन गर्न कर्णाली ट्रान्समिशन प्रालिलाई सहमति दिइएको छ।

बैठकमा उपप्रधानमन्त्री, अर्थमन्त्री, योजना आयोगका उपाध्यक्ष, राष्ट्र बैंकका गभर्नर लगायत उच्च अधिकारीहरू उपस्थित थिए।

तपाईको प्रतिक्रिया