संयुक्त उर्जा लिमिटेडले सर्वसाधारणका लागि साधारण सेयर (आइपीओ) निष्कासन गर्ने भएको छ । कम्पनीले १ सय रुपवैयाँ अंकित दरका ४१,६०,००० कित्ताले हुन आउने ४१ करोड ६० लाख रकम बराबरको साधारण सेयर निष्कासन गर्न लागेको हो ।
कम्पनले सेयर निष्कासन तथा बिक्री प्रबन्धकमा लक्ष्मी सनराइज क्यापिटल लिमिटेडलाई नियुक्त गरेको छ । उक्त सम्झौतामा लक्ष्मी सन्राइज क्यापिटल लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत बिजय लाल श्रेष्ठ र संयुक्त उर्जा लिमिटेडका तर्फबाट प्रबन्ध संचालक गोपाल प्रसाद निउरेले हस्ताक्षर गरेका छन् ।
संयुक्त उर्जा लिमिटेडले म्याग्दी जिल्लाको रघुगंगा गाउँपािलकामा रहेको २१.३ मेगावाट क्षमताको ठूलो खोला जलबिद्युत आयोजना निर्माण कार्य सम्पन्न भई व्यापारिक उत्पादन शुरु भईसकेको छ ।

Online Arthik










