पछिल्लो समय सुनको मूल्य निरन्तर बढ्दै ऐतिहासिक उचाइमा पुगेको छ। आइतबार मात्र प्रतितोला मूल्य ७ हजार ४ सय रुपैयाँले बढेर २ लाख ३० हजार ६ सय रुपैयाँ पुगेको हो। अन्तर्राष्ट्रिय बजारमा मूल्य बढेसँगै नेपालमा पनि यसको प्रभाव देखिएको हो। विश्व सुन परिषद्को प्रतिवेदनअनुसार केन्द्रीय बैंकहरूले सुन खरिदलाई प्राथमिकता दिँदै आएकाले मूल्य अझ बढ्ने अनुमान गरिएको छ। व्यवसायीका अनुसार आगामी डेढ महिनाभित्र सुनको मूल्य प्रतितोला २ लाख ६५ हजार रुपैयाँ र चाँदी ३६ सय रुपैयाँसम्म पुग्ने सम्भावना छ। पछिल्ला पाँच वर्षमा सुनको मूल्य ९० हजार तीन सयबाट बढेर २ लाख ३० हजार ६ सय पुग्दै १५५ प्रतिशतभन्दा बढी वृद्धि भएको तथ्यांकले देखाउँछ।

Online Arthik









