नेपाल सुनचाँदी व्यवसायी महासंघले आजका लागि सुनचाँदीको मूल्य सार्वजनिक गरेको छ। त्यस अनुसार आज सुनको मूल्य स्थिर रहेको छ र प्रतितोला २,३९,७०० रुपैयाँ कायम भएको छ। अघिल्लो दिन पनि सुनको कारोबार यही मूल्यमा भएको थियो।
यस्तै, चाँदीको मूल्यमा ५ रुपैयाँको वृद्धि भएको छ। अघिल्लो दिन प्रतितोला ३,०५५ रुपैयाँमा कारोबार भएको चाँदीको भाउ आज ३,०६० रुपैयाँ कायम भएको छ।

Online Arthik









