तारागाउँ रिजेन्सी होटल लिमिटेडले गत आर्थिक वर्षको लागि सेयरधनीहरूलाई ५ प्रतिशत नगद लाभांश (करबाहेक) वितरण गर्ने घोषणा गरेको छ। मंसिर २२ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले उक्त प्रस्ताव पारित गरेको जानकारी दिएको छ।
कम्पनीका अनुसार घोषित लाभांश आगामी वार्षिक साधारण सभाबाट अनुमोदन भएपछि सेयरधनीहरूलाई सम्बन्धित दरमा वितरण गरिनेछ।

Online Arthik










