वातावरण संरक्षण, सामुदायिक कल्याण र दिगोपनलाई प्राथमिकतामा राख्दै सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो देशव्यापी वृक्षारोपण पहललाई निरन्तरता दिंदै इलाम नगरपालिकामा दोस्रो चरणको वृक्षारोपण कार्यक्रम सम्पन्न गरेको छ ।
यस अभियानअन्तर्गत ५०० आरू र ५०० नासपाती गरी १,००० फलफूलका बिरुवा रोपेर हरियाली अभियानलाई इलाममा औपचारिक रूपमा अघि बढाएको छ ।
कार्यक्रममा कम्पनीका तर्फबाट प्रमुख कार्यकारी अधिकृत राजकुमार अर्याल, नायब प्रमुख कार्यकारी अधिकृत कबी फुयाँल, प्रमुख बजार अधिकृत गणेश चौलागाई, कोशी प्रदेश प्रमुख तुलसीनाथ पौडेल तथा प्रदेशका विभिन्न शाखाका शाखा प्रमुखहरु उपस्थित थिए ।
सन नेपालले देशभर १४८ शाखा तथा उप–शाखाबाट जीवन बीमा सम्बन्धी सेवा प्रदान गर्दै आइरहेको छ ।

Online Arthik










