बुधबार एकैदिन सुनको भाउ प्रतितोला १० हजार ४ सय रुपैयाँले बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यस दिन सुनको मूल्य प्रतितोला २ लाख ९५ हजार १ सय रुपैयाँ तोकिएको छ, जुन हालसम्मकै उच्च हो। अघिल्लो दिन सुन प्रतितोला २ लाख ८४ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो।
अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य तीव्र रूपमा बढेसँगै त्यसको प्रभाव नेपाली बजारमा पनि परेको महासंघले जनाएको छ। अन्तर्राष्ट्रिय बजारमा सुनको भाउ प्रतिऔंस ४ हजार ८ सय ५० अमेरिकी डलर नाघेको छ।
यसैगरी, चाँदीको भाउ पनि बढेको छ। अघिल्लो दिनको तुलनामा चाँदी प्रतितोला ४० रुपैयाँले बढ्दै ५ हजार ९२० रुपैयाँ पुगेको छ। अघिल्लो दिन चाँदी प्रतितोला ५ हजार ८८० रुपैयाँमा कारोबार भएको थियो।

Online Arthik










