पछिल्लो समय निरन्तर ओरालो लागिरहेको सुनको भाउ मंगलबार (आज) नेपाली बजारमा बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला ३ हजार ७ सय रुपैयाँले बढ्दै २ लाख ९० हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको छ।
यसअघि सोमबार सुनको मूल्य प्रतितोलामा १३ हजार ४ सय रुपैयाँले घट्दै २ लाख ८६ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो।
यस्तै, आज चाँदीको भाउमा पनि वृद्धि देखिएको छ। अघिल्लो दिन प्रतितोला ५ हजार २ सय रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य १३५ रुपैयाँले बढ्दै प्रतितोला ५ हजार ३३५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ।
अन्तर्राष्ट्रिय बजारमा समेत सुनको मूल्यमा उतार–चढाव देखिएको छ। अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार हाल अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस ४ हजार ८२४ अमेरिकी डलरमा कारोबार भइरहेको छ।

Online Arthik









