हिमालयन हाईड्रोपावर लिमिटेडले हकप्रद सेयर निष्कासन गर्न विद्युत नियमन आयोगबाट पूर्वस्वीकृति प्राप्त गरेको छ। कम्पनीले माघ २१ गते आयोगबाट हकप्रद सेयर जारी गर्न पूर्वस्वीकृति पाएको हो। कम्पनीले हालको चुक्तापूँजी १ अर्ब ९ करोड ५० लाख रुपैयाँको शतप्रतिशत अर्थात १ः१ अनुपातमा हकप्रद सेयर निष्कासन गर्न आयोगसमक्ष निवेदन दिएको थियो। हकप्रद सेयर निष्कासनमार्फत संकलन हुने रकम कम्पनीले अद्यावधिक कर्जा चुक्ता गर्न प्रयोग गर्ने जनाएको छ।

तपाईको प्रतिक्रिया