सिटी होटल लिमिटेडले सार्वजनिक गरेको चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण अनुसार कम्पनी १० करोड ९ लाख रुपैयाँ घाटामा रहेको छ। अघिल्लो आर्थिक वर्षको सोही अवधिमा पनि कम्पनी १० करोड ४९ लाख रुपैयाँ घाटामा थियो। समीक्षा अवधिमा कम्पनीको आम्दानी घटेर २४ करोड ३९ लाख रुपैयाँमा सीमित भएको छ, जुन अघिल्लो वर्षको तुलनामा ५.१६ प्रतिशतले कम हो।
यस अवधिमा कम्पनीको खर्च भने बढेको छ। अघिल्लो आवमा १७ करोड ४६ लाख रुपैयाँ कुल खर्च गरेको कम्पनीले चालु आवको दोस्रो त्रैमाससम्म १९ करोड २ लाख रुपैयाँ खर्च गरेको छ। यद्यपि, वित्तीय खर्च १४ करोड २८ लाख रुपैयाँबाट घटेर १० करोड २६ लाख रुपैयाँमा सीमित भएको छ।
३ अर्ब १ करोड रुपैयाँ चुक्ता पूँजी रहेको कम्पनीको कुल चालु सम्पत्ति ४८ करोड ७७ लाख रुपैयाँ र कुल चालु दायित्व १९ करोड ४३ लाख रुपैयाँ रहेको छ। समीक्षा अवधिसम्म कम्पनीको प्रतिसेयर आम्दानी ३.३५ रुपैयाँ ऋणात्मक रहेको छ भने प्रतिसेयर नेटवर्थ ९८.५३ रुपैयाँ, प्रतिसेयर कुल सम्पत्तिको मूल्य १८८.६४ रुपैयाँ, पी/ई रेसियो १४०.३० गुणा ऋणात्मक तथा तरलता अनुपात २.५१ प्रतिशत कायम भएको छ।

Online Arthik










