नेपाली बजारमा सुनको मूल्यमा उकालो यात्रा कायमै रहेको छ। आज बुधबार सुनको भाउ १ हजार १ सय रुपैयाँले बढेर प्रतितोला ३ लाख ६ हजार ६ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। हिजो मंगलबार सुन प्रतितोला ३ लाख ५ हजार ५ रुपैयाँमा कारोबार भएको थियो। यसैगरी चाँदीको भाउ पनि आज बढेको छ। चाँदी प्रतितोला ५० रुपैयाँले वृद्धि भई ५ हजार २ सय ९० रुपैयाँमा कारोबार भइरहेको छ। हिजो मंगलबार चाँदीको मूल्य प्रतितोला ५ हजार २ सय ४० रुपैयाँ रहेको थियो।

तपाईको प्रतिक्रिया