कालिञ्चोक हाइड्रोपावरले आजदेखि प्राथमिक सेयर (आईपीओ) निष्कासन गरेको छ। कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकहरूका लागि पहिलो चरणमा सेयर जारी गरेको हो। कम्पनीले गत माघ १९ गते  १३ करोड ७५ लाख रुपैयाँ बराबरको रु. १०० अंकित दरका १३ लाख ७५ हजार कित्ता साधारण सेयर निष्कासन गर्न अनुमति पाएको थियो।

कम्पनीको कुल जारी पूँजी ५५ करोड रुपैयाँको २५ प्रतिशत बराबर उक्त आईपीओमध्ये ५ लाख ५० हजार कित्ता सेयर दोलखा जिल्लाको विगु गाउँपालिका वडा नं. ८ तथा कालिन्चोक गाउँपालिका वडा नं. १ र २ का आयोजना प्रभावित स्थानीय बासिन्दाका लागि छुट्याइएको छ। बाँकी ८ लाख २५ हजार कित्तामध्ये १० प्रतिशत अर्थात ८२ हजार ५०० कित्ता सेयर वैदेशिक रोजगारीमा रहेका, नेपाल सरकारबाट श्रम स्वीकृति प्राप्त नेपालीहरूका लागि निष्कासन गरिएको हो।

आयोजना प्रभावित क्षेत्रका बासिन्दाले न्यूनतम १० कित्ता र अधिकतम १० हजार कित्तासम्म आवेदन दिन सक्नेछन् भने वैदेशिक रोजगारीमा रहेका नेपालीहरूले न्यूनतम १० र अधिकतम ४ हजार कित्तासम्म आवेदन दिन पाउनेछन्। प्रभावित क्षेत्रका लागि आईपीओ छिटोमा फागुन २७ गते र ढिलोमा चैत १२ गतेसम्म खुला रहनेछ भने वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि छिटोमा फागुन १७ गते र ढिलोमा फागुन २७ गतेसम्म आवेदन दिन सकिनेछ।

तपाईको प्रतिक्रिया