नेपाली बजारमा सोमबार सुनको मूल्यमा गिरावट आएको छ भने चाँदीको मूल्य भने बढेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनको मूल्य आज प्रतितोला १ हजार ३०० रुपैयाँ घटेर ३ लाख ३ हजार ९०० रुपैयाँ कायम भएको छ। यसैगरी, चाँदीको मूल्य प्रतितोला १० रुपैयाँले वृद्धि भई ४ हजार ८०५ रुपैयाँ पुगेको महासंघले जनाएको छ।यसअघि आइतबार छापावाल सुन प्रतितोला ३ लाख ५ हजार २०० रुपैयाँमा कारोबार भएको थियो। सो दिन चाँदीको मूल्य भने ४ हजार ७९५ रुपैयाँ प्रतितोला रहेको थियो।
यससँगै एकै दिन सुनको मूल्य घट्दा चाँदीको मूल्य भने बढेको छ।

Online Arthik










