माछापुच्छ्रे बैंक लिमिटेडले आर्थिक वर्ष २०८२/८३ को २८औँ वार्षिक साधारण सभा असोज २८ गते पोखरामा आयोजना गर्ने भएको छ।

बैंकले नेपाल स्टक एक्सचेन्ज (नेप्से)लाई दिएको जानकारीअनुसार सभा असोज २८ गते बिहान ११ बजे कास्कीको पार्दीस्थित होटल पोखरा ग्रान्डमा बस्नेछ। सभामा आर्थिक वर्ष २०८२/८३ को वित्तीय विवरण, सञ्चालक समितिको वार्षिक प्रतिवेदनलगायत नियमित प्रस्तावमाथि छलफल तथा निर्णय गरिने बैंकले जनाएको छ।बैंकका अनुसार वार्षिक साधारण सभा तथा संक्षिप्त वार्षिक आर्थिक विवरणसम्बन्धी सूचना असोज ३ गते अन्नपूर्ण पोस्ट राष्ट्रिय दैनिकमा प्रकाशित भइसकेको छ।

माछापुच्छ्रे बैंक २०५४ सालमा पोखरामा स्थापना भएको नेपाल राष्ट्र बैंकबाट ‘क’ वर्गको इजाजतपत्र प्राप्त वाणिज्य बैंक हो।

तपाईको प्रतिक्रिया