हाथवे इन्भेष्टमेन्ट नेपाल लिमिटेडका दुई आधारभूत सेयरधनीले आफ्नो स्वामित्वमा रहेको कुल ६ लाख ८५ हजार ७२७ कित्ता सेयर बिक्री गर्ने मनसाय व्यक्त गरेका छन्।
कम्पनीले नेपाल स्टक एक्सचेञ्ज (नेप्से)लाई दिएको जानकारीअनुसार सुमित प्रधान र मनिष ढकालले आगामी तीन महिनाभित्र आफ्नो सेयर बिक्री गर्ने मनसायसहित कम्पनीमा निवेदन दिएका हुन्। कम्पनीले उक्त निवेदन असोज २ गते प्राप्त गरेको जनाएको छ। कम्पनीका अनुसार सुमित प्रधानले ३ लाख ४८ हजार ६६६ कित्ता र मनिष ढकालले ३ लाख ३७ हजार ६१ कित्ता सेयर बिक्री गर्न चाहेका छन्। दुवैको प्रस्तावित बिक्री जोड्दा ६ लाख ८५ हजार ७२७ कित्ता सेयर हुन्छ।नेपाल धितोपत्र बोर्डको व्यवस्थाअनुसार आधारभूत सेयरधनीले आफ्नो स्वामित्वमा रहेको ५ प्रतिशत वा सोभन्दा बढी सेयर बिक्री गर्नुअघि कम्तीमा १५ दिन अगावै बिक्रीको जानकारी गराउनुपर्ने हुन्छ। सोही व्यवस्थाअनुसार दुवै सेयरधनीले सेयर बिक्रीको मनसायबारे कम्पनीलाई जानकारी गराएका हुन्।
कम्पनीले असोज ५ गते नेप्सेलाई पठाएको पत्रको बोधार्थ नेपाल धितोपत्र बोर्ड, सीडीएस एण्ड क्लियरिङ लिमिटेड र ग्लोबल आईएमई क्यापिटललाई समेत दिएको जनाएको छ।

Online Arthik










