भूगोल इनर्जी डेभलपमेन्ट कम्पनी ले आफ्नो ३९ लाख १२ हजार ७८७ कित्ता सेयरको लकइन अवधि आगामी वैशाख २ गते सकिने जनाएको छ। कम्पनीका अनुसार कुल सेयरमध्ये संस्थापक समूहका ३८ लाख ८ हजार ३७४ कित्ता, स्थानीय बासिन्दाका ८५ हजार २० कित्ता, र कर्मचारीका १९ हजार ४२० कित्ता सेयर लकइनमा रहेको छ।

तर, कम्पनीका संचालक तथा उच्च व्यवस्थापकीय पदमा कार्यरत कर्मचारीहरूको हकमा भने लागू नियमअनुसार सेयर रोक्का रहनेछ। यस लकइन अवधि समाप्त भएपछि मात्र सम्बन्धित सेयरधनीहरूले आफ्नो सेयर बिक्री वा कारोबार गर्न सक्नेछन्।

तपाईको प्रतिक्रिया