पेट्रोलियम पदार्थको मूल्य पुनः वृद्धि गरिएको छ। नेपाल आयल निगम ले पेट्रोल र डिजेलमा समान रूपमा प्रतिलिटर १५ रुपैयाँले मूल्य बढाएको जनाएको छ। अन्तर्राष्ट्रिय बजारमा भइरहेको मूल्यवृद्धिलाई कारण देखाउँदै निगम सञ्चालक समितिको चैत १९ गतेको निर्णयअनुसार नयाँ मूल्य आज राति १२ बजेदेखि लागू हुने बताइएको छ। नयाँ मूल्यअनुसार काठमाडौं उपत्यका मा पेट्रोल प्रतिलिटर २०२ रुपैयाँ र डिजेल तथा मट्टितेल १७२ रुपैयाँ पुगेको छ। साथै, मध्यपूर्वमा भइरहेको द्वन्द्वका कारण अन्तर्राष्ट्रिय बजारमा इन्धनको मूल्य निरन्तर बढ्दा निगमले पाक्षिक रूपमा करिब १३ अर्ब २१ करोड रुपैयाँ घाटा व्यहोर्नुपरेको जनाएको छ।

तपाईको प्रतिक्रिया