याम्बालिङ्ग हाइड्रोपावर ले वैदेशिक रोजगारीमा रहेका नेपालीहरूलाई बिक्री गरिएको सेयर बाँडफाँड गरेको छ। कम्पनीले चैत १८ गते उक्त सेयर बाँडफाँड गरेको जनाएको छ। ७० करोड रुपैयाँ जारी पुँजीको ३० प्रतिशत अर्थात् २१ करोड रुपैयाँ बराबरको १ सय रुपैयाँ अंकित मूल्यका २१ लाख कित्तामध्ये १० प्रतिशत अर्थात् २ लाख १० हजार कित्ता सेयर विदेशमा रहेका नेपालीका लागि छुट्याइएको थियो। कम्पनीले उक्त सेयर चैत ८ गतेदेखि चैत ११ गतेसम्म आवेदन खुला गरेको थियो। सो अवधिमा रितपूर्वक आवेदन दिने २१ हजार जनालाई १० कित्ताका दरले सेयर वितरण गरिएको बिक्री प्रबन्धक एनएमबि मुक्तिनाथ क्यापिटल ले जनाएको छ। साथै, आईपीओको नतिजा बिक्री प्रबन्धक तथा सीडीएस एण्ड क्लियरिङ्ग लिमिटेड द्वारा सञ्चालित आईपीओ रिजल्ट प्लेटफर्म वा मेरो सेयरमार्फत हेर्न सकिने जानकारी दिइएको छ।

Online Arthik










