ईङवा हाइड्रोपावर कम्पनी को सेयर ‘लकइन’ अवधि २०८३ वैशाख २६ गते समाप्त हुने भएको छ। कम्पनीका अनुसार संस्थापक सेयरधनी, आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा कर्मचारीको गरी कुल ४५ लाख ३६ हजार ७०३ कित्ता सेयरको लकइन अवधि सकिन लागेको हो। यसमध्ये संस्थापक सेयरधनीको ४२ लाख कित्ता, स्थानीय बासिन्दाको ३ लाख ६ हजार ८४० कित्ता र कर्मचारीको २९ हजार ८६३ कित्ता सेयर समावेश छन्।

कम्पनीले स्पष्ट पारेअनुसार सञ्चालक समितिका पदाधिकारी तथा उच्च व्यवस्थापन तहमा कार्यरत कर्मचारीहरूले भने उक्त सेयर खरिद–बिक्री गर्न पाउने छैनन्। नेपाल धितोपत्र बोर्ड को व्यवस्था अनुसार आईपीओ बाँडफाँडपछि तीन वर्षसम्म संस्थापक, स्थानीय बासिन्दा र कर्मचारीलाई छुट्याइएको सेयर लकइनमा राख्नुपर्ने प्रावधान रहेको छ।

तपाईको प्रतिक्रिया