अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य वृद्धि भएको छ। आजको कारोबारमा बहुमूल्य पहेँलो धातु सुनको भाउ ०.५१ प्रतिशत अर्थात् २३.७७ डलरले बढ्दै प्रतिऔंस ४ हजार ६७६ डलरमा कारोबार भइरहेको छ। यस्तै, चाँदीको मूल्य पनि उकालो लागेको छ, जसमा ०.२८ प्रतिशत अर्थात् ०.२० डलरको वृद्धि भई प्रतिऔंस ७२.९९ डलर पुगेको छ।

नेपालमा भने नेपाल सुनचाँदी व्यवसायी महासंघ ले सार्वजनिक गरेको आजको दरअनुसार सुनको मूल्य स्थिर रहेको छ। सुन अघिल्लो दिनकै मूल्यमा प्रतितोला २ लाख ९४ हजार रुपैयाँमा कारोबार भइरहेको छ भने १० ग्राम सुनको मूल्य २ लाख ५२ हजार ६० रुपैयाँ कायम भएको छ।

यता, चाँदीको भाउमा भने वृद्धि देखिएको छ। चाँदी आज अघिल्लो दिनको तुलनामा ५० रुपैयाँले महँगिँदै प्रतितोला ४ हजार ८३० रुपैयाँ पुगेको छ।

तपाईको प्रतिक्रिया