आजदेखि सानिमा क्यापिटल द्वारा सञ्चालन गरिएको सानिमा फ्लेक्सी फण्डका इकाईहरूको अनलाइन खरिद–बिक्री औपचारिक रूपमा खुला गरिएको छ। सानिमा बैंक को प्रवर्द्धनमा सञ्चालित यस खुलामुखी सामूहिक लगानी योजनाअन्तर्गत लगानीकर्ताले अब सानिमा क्यापिटलको कार्यालय, यसको आधिकारिक वेबसाइट, अनलाइन पोर्टल तथा सानिमा बैंकका सम्पूर्ण शाखा कार्यालयहरूबाट सजिलै इकाई खरिद वा बिक्री गर्न सक्नेछन्। इच्छुक लगानीकर्ताले न्यूनतम एक हजार रुपैयाँबाटै एसआईपी (Systematic Investment Plan) मार्फत नियमित लगानी सुरु गर्न सक्ने व्यवस्था गरिएको छ। साथै, प्रारम्भिक निष्कासनबाट इकाई प्राप्त गरेका लगानीकर्ताहरूले सानिमा क्यापिटलको अनलाइन पोर्टलमा आफ्नो डिम्याट खाताअनुसार सही र पूर्ण विवरण प्रविष्ट गरी प्रयोगकर्ता लगइन सिर्जना गर्न सक्ने सुविधा समेत उपलब्ध गराइएको छ।

Online Arthik










