एपोलो हाईड्रो पावर लिमिटेडको आईपीओमा आवेदन दिने आज अन्तिम दिन रहेको छ। कम्पनीले सर्वसाधारणका लागि गत चैत २६ गतेदेखि आईपीओ निष्कासन गरेको थियो। दोस्रो चरणअन्तर्गत कम्पनीले कुल ७ लाख ८० हजार २०० कित्ता साधारण शेयर बिक्रीमा ल्याएको हो। यस आईपीओमा न्यूनतम १० कित्तादेखि अधिकतम ९४ हजार कित्तासम्मका लागि आवेदन दिन सकिने व्यवस्था गरिएको छ।
लगानीकर्ताले सि–आस्बा प्रणालीमार्फत बैंक तथा वित्तीय संस्था वा मेरो सेयर प्रयोग गरेर आवेदन दिन सक्नेछन्। कम्पनीको आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकको रुपमा हिमालयन क्यापिटल लिमिटेड रहेको छ।

Online Arthik








