रिलायबल नेपाल लाइफ इन्स्योरेन्स लिमिटेडले आफ्नो स्थापनाको ९औँ वर्ष पूरा गरेको अवसरमा देशभर विभिन्न सामाजिक उत्तरदायित्व ९ऋक्च्० तथा समुदाय केन्द्रित कार्यक्रमहरू सञ्चालन गरेको छ ।
भाद्र १० गते भोटेकोशी नदीमा आएको विनासकारी वाढीको कारण रसुवा लगायत देशका विभिन्न जिल्लामा भएको जनधनको क्षतिप्रति रिलायबल नेपाल लाइफ इन्स्योरेन्स लिमिटेडले गहिरो दुःख व्यक्त गरेको छ । यस प्राकृतिक विपदमा परी ज्यान गुमाउनुहुने सम्पूर्णप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनप्रति गहिरो समवेदना व्यक्त गर्दछ । साथै घाइतेहरुको शिघ्र स्वास्थ्य लाभको कामना गर्दछ ।
यस दुःखद् परिस्थितिलाई मध्यनजर गर्दै कम्पनीले आफ्नो ९ औँ वार्षिकोत्सवलाई औपचारिक रूपमा नमनाई सामाजिक उत्तरदायित्व, सेवा र समुदायसँगको सहकार्यलाई प्राथमिकता दिँदै विभिन्न सामाजिक कार्यहरुमा संलग्न भएको छ । यस अवसरमा कम्पनीले देशमा विभिन्न स्थानहरुमा निःशुल्क स्वास्थ्य शिविर, वृक्षारोपण, रक्तदान, पाठ्यसामाग्रिहरु वितरण, खाद्यसामाग्रिहरु वितरण तथा बीमा सचेतनामुलक कार्यक्रमहरु गरेको छ ।
कम्पनीले आगामी दिनमा पनि आफ्ना व्यावसायिक गतिविधिसँगै सामाजिक उत्तरदायित्वका कार्यक्रमलाई थप प्रभावकारी र दिगो बनाउँदै समुदाय तथा राष्ट्रको हितमा योगदान पुर्‍याउने प्रतिबद्धता व्यक्त गरेको छ ।
वाढी पिडितको सहयोगार्थ प्रधानमन्त्री दैविप्रकोप उद्धारकोषमा कम्पनी तथा कम्पनीमा कार्यरत कर्मचारीहरुको ३ दिनको तलव सहित रु. ५१ लाख रुपैयाँ प्रदान गरेको छ ।
कम्पनीले २०८२ श्रावणदेखि हाल सम्म दैविप्रकोप लगायतका विभिन्न सामाजिक कार्यहरुमा रु. १ करोड १३ लाख खर्च गरेको जनाएको छ ।

साथै आगामि दिनमा कम्पनीले निरन्तर उत्कृष्ट सेवा दिने प्रतिवद्धता व्यक्त गर्दछ ।

तपाईको प्रतिक्रिया