कालिञ्चोक हाईड्रोपावर लिमिटेडले आफ्नो सेयर रजिष्ट्रारका रूपमा आरबिबि मर्चेन्ट बैंकिङ लिमिटेडलाई नियुक्त गरेको छ। कम्पनीले वैशाख १४ गतेदेखि लागू हुने गरी उक्त जिम्मेवारी आरबिबि मर्चेन्ट बैंकिङलाई दिएको हो। यससँगै अब कम्पनीका धितोपत्र कारोबारसम्बन्धी अभिलेख राख्ने, सेयर दाखिला–खारेज, नामसारी, रोक्का राख्ने तथा सेयरधनीहरूको विवरण अद्यावधिक गर्ने लगायतका सम्पूर्ण कार्य आरबिबि मर्चेन्ट बैंकिङले गर्नेछ।

तपाईको प्रतिक्रिया