बोटलर्स नेपाल (तराई) लिमिटेडले नगद लाभांश नलिएका आफ्ना सेयरधनी तथा हकवालाहरूलाई एक महिनाभित्र रकम बुझिलिन आग्रह गरेको छ। आर्थिक वर्ष २०७५/७६ सम्बन्धी ३३औँ वार्षिक साधारण सभाबाट पारित लाभांशमध्ये केही सेयरधनीहरूले हालसम्म पनि भुक्तानी नलिएको कम्पनीले जनाएको छ। पाँच वर्षभन्दा बढी समय बितिसक्दा पनि उक्त रकम भुक्तानी हुन बाँकी रहेकाले कम्पनीले सेयर रजिष्ट्रार नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेडको नारायणचौर, नक्सालस्थित कार्यालयमा सम्पर्क गरी आवश्यक परिचयपत्रसहित लाभांश बुझिलिन अनुरोध गरेको छ। साथै, सूचना प्रकाशित भएको मितिले एक महिनाभित्र सम्बन्धित व्यक्तिले सम्पर्क नगरेमा बाँकी रहेको लाभांश रकम कम्पनी ऐन २०६३ अनुसार लगानीकर्ता संरक्षण कोषमा जम्मा गरिने जानकारी दिइएको छ। कम्पनीले सबै सेयरधनीलाई समयमै सम्पर्क गरी आफ्नो हकको लाभांश सुरक्षित गर्न समेत आग्रह गरेको छ।

Online Arthik










