सिद्धार्थ बैंक लिमिटेड लेसंस्थापक सेयरधनीको स्वामित्वमा रहेको संस्थापक सेयर बिक्रीमा राखेको छ। बैंकले आजदेखि २ लाख ७२ हजार ७३७ कित्ता संस्थापक सेयर बिक्री खुला गरेको हो।

यो सेयर खरिदका लागि बैंकका विद्यमान संस्थापक सेयरधनीले मात्रै आवेदन दिन सक्नेछन्। सेयर खरिद गर्न इच्छुक संस्थापक सेयरधनीहरूले काठमाडौंको नक्सालस्थित बैंकको केन्द्रीय कार्यालयमा रहेको कम्पनी सचिवको कार्यालयमा आफूले खरिद गर्न चाहेको सेयर संख्या खुलाएर लिखित आवेदन दिनुपर्ने व्यवस्था गरिएको छ। बैंकका अनुसार सूचना प्रकाशित भएको मितिले ३५ दिनभित्र संस्थापक सेयरधनीहरूले खरिद आवेदन पेश गर्नुपर्नेछ।

तोकिएको अवधिभित्र विद्यमान संस्थापक सेयरधनीहरूबाट आवेदन नपरेमा उक्त सेयर अन्य व्यक्ति तथा संघ–संस्थालाई बिक्री गर्ने प्रक्रिया अघि बढाइने बैंकले जनाएको छ।

तपाईको प्रतिक्रिया