नेपालमा बिहीबार सुन तथा चाँदी दुवैको मूल्य बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघ का अनुसार अघिल्लो कारोबार दिनको तुलनामा सुन प्रतितोला १ हजार ८ सय रुपैयाँले महँगिएको हो।
आज छापावाल सुनको मूल्य प्रतितोला २ लाख ९३ हजार ८ सय रुपैयाँ कायम भएको छ। अघिल्लो दिन सुन प्रतितोला २ लाख ९२ हजार रुपैयाँमा कारोबार भएको थियो। त्यस्तै, आज १० ग्राम सुनको मूल्य २ लाख ५१ हजार ८८५ रुपैयाँ निर्धारण गरिएको महासंघले जनाएको छ।
चाँदीको मूल्य पनि बढेको छ। अघिल्लो दिन प्रतितोला ४ हजार ९६० रुपैयाँमा कारोबार भएको चाँदी आज ९० रुपैयाँले वृद्धि हुँदै प्रतितोला ५ हजार ५० रुपैयाँ पुगेको छ।

Online Arthik










